काठमाडौँ । राजधानी काठमाडौँ लगायत विभिन्न सहरहरूमा भदौ २३ र २४ गते भएको आन्दोलनमा हुम्लाका युवा पनि सक्रिय भएका थिए । देशको राजधानी काठमाडौँमै भए पनि ६० जनाभन्दा बढी युवाहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले आन्दोलनले सफलता पाएसँगै बौद्धमा दीप प्रज्वलन पनि गरेका थिए । यो सँगै उनीहरूले प्रेस विज्ञप्ति समेत सार्वनजिक गरेका छन् । राजनीतिक पुस्तान्तरणको बहससँगै जेन्जी पुस्ताले देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई आत्मसाथ गर्दै अबको राष्ट्र निर्माणको जिम्मेवारी अँगालेको भन्दै प्रदर्शनका क्रममा जनसंहारकारकी दमनबाट हत्या गरिएका सबै दिवंगतप्रति श्रद्धाञ्जली तथा घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।
यो सँगै उनीहरूले जेन्जी हुम्ला जहाँ भौगोलिक विकटता, सडक सञ्जालको सीमित, राजनीतिक पहुँचमा असंलग्नता, जलवायु चुनौती, रोजगारी अवसरको कमी, आधारभूत आवश्यकता साथै भौतिक पूर्वाधार, सांस्कृतिक अल्पसङ्ख्यकको हुम्ला र हुम्लीको मुहार परिवर्तनको लागि युवा नेतृत्व आवश्यक रहेको जनाएका छन् । नेपालको नव निर्माण प्रक्रियामा दुर्गम जिल्ला हुम्लाका युवाहरूको प्रतिनिधित्व र सहभागिता अझै पर्याप्त नभएको समेत भनेका छन् ।
अब बन्ने सरकारसँग उनीहरूका माग यस्ता छन्:
१. सङ्घीयता लागु तर प्रदेश खारेज गरी स्थानीय तहलाई मजबुत गर्ने।
२. कुल बजेटको ७५ प्रतिशत प्राथमिकताको आधारमा दुर्गम क्षेत्रमा विनियोजन गर्ने।
३. निर्वाचन प्रणालीमा आदिवासी जनजातिको बहुमत संलग्नता भई सरकार नेतृत्व पंङ्तीमा अग्रगामी गराउने।
४. नेतृत्व उम्मेदवारले न्यूनतम पुनतम योग्यता उच्च माध्यमिक तह उत्तीर्ण गरेको हुनु पर्ने साथै जनताबाट प्रत्यक्ष जनप्रतिनिधि निर्वाचन प्रणाली गराउने र बढीमा ५० वर्ष भित्र २ पटक मात्र उम्मेदवार हुन पाउने।
५. ११ जनाको अन्तरिम सरकार निर्माण गरी १०१ जनाको समावेशी संसद् जहाँ ४० प्रतिशत जेन्जी समूह, ३५ प्रतिशत युवा समूह र २५ प्रतिशत ५० वर्ष माथिका समुहको प्रतिनिधित्व रहने व्यवस्था गर्ने।
६. ३ महिना भित्र अन्तरिम संविधानको तयार गर्ने।
७. नयाँ संसदबाट तत्काल निजामती, शिक्षक, प्रहरी कानुन ऐन जारी गर्ने।
८. पुराना दलीय सङ्गठनहरू खारेज तथा पुराना नेताहरूलाई बहिष्कार गर्ने।







