दैलेख डुङ्गेश्वरका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

जनता संवाददाता
२०८२ आश्विन ४ गते, शनिबार

काठमाडौँ । दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ परेका छन् ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम किल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ९, मंगलगडी चोकबाट असोज २ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ आश्विन ४ गते, शनिबार


Scroll to Top

Janata Media