हुम्लामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, ४ जना घाइते

जनता संवाददाता
२०८१ फाल्गुन २८ गते, बुधबार

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो ।

सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् । उनीहरू २५ वर्षदेखि २८ वर्ष उमेर समूहका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते, बुधबार


Scroll to Top

Janata Media