काठमाडौँ । १३ दिनदेखि वेपत्ता हुम्ला चंखेलीकी युवती कर्णालीमा बेवारिसे अवस्थामा भेटिएकी छन् । हुम्लाको चंखेली गाउँपालिका वडा नं ४ पालिकी अन्दाजी २३ वर्षिय कर्मा बोहरा कर्णाली नदिमा मृत अवस्थामा भेटिएकी हुन् ।
बाजुराको हिमाली गाउँपालिका वडा नं ६ झुगालास्थित कर्णाली नदिमा बेवारिसे मृत अवस्थामा उनको लाश किनार नजिकै दुई ढुङ्गाबिच पानीमा अड्किई सडे गलेको अवस्थामा भडएको जिल्ला प्रहरी कार्यालय, बाजुराका सुचना अधिकारी जनक बोहराले जानकारी दिए ।
उक्त लाशको पोस्टमाटम गरी सनाखत गरेर आफन्तको जिम्मा लगाइएको सुचना अधिकारी बोहराले जानकारी दिए ।
गएको असोज १० गते बिहान करिब ९ बजे हुम्लाको चंखेली गाउँपालिका वडा नं ४ अन्दाजी २७ वर्षिय हिक्मत बुढाथोकी सहित २३ वर्षिय कर्मा बोहरा कर्णाली हाम फालेर वेपत्ता भएका थिए । अझै हिक्मत बुढाथोकी भने अज्ञात छन् ।
यो पनि पढ्नुहोस्ः
फेसबुकमा स्टाटस लेखेर दुई युवा युवती बेपत्ता, कर्णालीमा हाम फालेको आशंका, खोजी गर्दै प्रहरी







