सल्यानमा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या

जनता संवाददाता
२०८१ जेष्ठ १ गते, मंगलवार

काठमाडौँ । सल्यानमा दम्पती नै मृत भेटिएका छन् । प्रहरीका अनुसार शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफुले आत्महत्या गरेका छन् ।

केवली १३ दिनको सुत्केरी हुन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरि श्रीमान पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए ।

उनका अनुसार घटना मंगलबार बिहान करिब ४ बजेको समयमा भएको हो । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।

केशवको मानसिक अवस्था ठीक नभएको र मासपे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए । ‘हामीले अहिले घटनास्थलमै छौँ, शव पोष्टमार्टमका लागि लिने तयारी भइरहेको छ,’उनले भने ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । यसअघि आइतबार पनि सल्यानमा यस्तै घटना घटेको थियो । बनगाड कुपिण्डे नगरपालिका–४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरि श्रीमान पनि झुन्डिएर आत्महत्या गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते, मंगलवार


Scroll to Top

Janata Media