हुम्ला भेप प्रकरणः अनुसन्धान प्रमुख भन्छन्, एक हप्ताभित्र अदालतमा फाईल गछौँ

जनता संवाददाता
२०८२ कार्तिक १७ गते, सोमबार

काठमाडौँ । राजश्व अनुसन्धान कार्यालय, कोहलपुरले भेप प्रकरणको केस अबको एक हप्ताभित्र अदालतमा फाइल गर्नेगरी तयारी गरिरहेको पाइएको छ । राजश्व अनुसन्धान अधिकृत कृष्ण प्रसाद शर्माका अनुसार केसको अनुसन्धान अन्तिम चरणमा पुगेको र ढिलोमा अब एक हप्ताभित्र अदालतमा फाइल गरी गरी काम तिव्र रुपमा भईरहेको हो ।

अनुसन्धानको समय झण्डै १५ दिन जति बाँकी रहेको तर आफुहरु एक हप्ताभित्र अदालतमा लैजाने गरी काम गरिरहेको अनुसन्धान अधिकृत शर्माले जानकारी दिए । ‘हामी तिव्र गतिमा काम गरिरहेका छौँ । अबको एक हप्ताभित्र केस अदालतमा लैजाने गरी काम गर्दैछौँ । त्यसपछि विस्तृत रुपमा बाहिर ल्याउनेछौँ ।’ जनता मिडियासँग उनले भने ।

गएको भदौ ७ गते दैलेखको आठबीसकोट नगरपालिका वडा नं ६ मा पर्ने खिड्कीजिउला भन्ने ठाउँमा राति सवा ११ बजे ट्रकलाई नियन्त्रणमा लिएर कोहलपुरमा रहेको राजस्व अनुसन्धान कार्यालयले विद्येतिय चुरोट(भेप) बरामद गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

जडीबुटीको नाममा भेप तस्करी ! वन कार्यालयको संलग्नतासहित १२ करोडको पर्दाफास

भेप तस्करीमा नि. डिभिजनल अधिकृत लोकजंग शाहीको भूमिका कसरी शंकास्पद ?

भेप प्रकरणः लोकजङ्ग शाही भन्छन्- फरार भएको होईन्, पहिलो बयान दिईसकें

भेप प्रकरणः ९० दिनभित्र अदालतमा केस फाइल गर्ने राजश्व कार्यालयको तयारी

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते, सोमबार


Scroll to Top

Janata Media