सिमकोट गाउँपालिकाको आ.व.०७९।८० को प्रथम तथा दोश्रो त्रैमासिक समिक्षा गोष्ठी संचालन

जनता संवाददाता
२०७९ पुष २१ गते, बिहीबार

हुम्ला। वर्ष ७९।८० को प्रथम तथा दोश्रो त्रैमासिक समिक्षा गोष्ठी संचालन भएको छ । गोष्ठी हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले संचालन गरेको हो ।

सिमकोट गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थि वर्षमा सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्म संचालन गरेका विकास निर्माणमा भएका गतिविधिका बारेमा सोही गोष्ठीमा प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले प्रस्तुत गरेका थिए । प्रस्तुतिमा सिमकोट गाउँपालिकाले मुख्य तया वडा नं १ देखि ८ नं वडा सम्म सडक निकार्माणको कार्यलाई पहिलो प्राथामिकतामा राखेको पाइएको छ ।

त्यसै गरी रोजगार सृजना, सिमकोट वजारको फोहोर व्यवस्थापनका लागी डम्पिङ साईट मर्मत, सिमकोट बजारलाई ढलान कार्य संगै कुलेटा खण्डमा जथाभावी वगि रहेको फोहोर पानी व्यवस्थापनका लागी डल निर्माण,लामा समुदायमा गुम्बा निर्माण, विद्यालयमा गुणस्तरिय शिक्षाका लागी दिवा खाजा, घेरवार, भौतिक संरचना निर्माण, स्वास्थ्य ,कृषि क्षत्रको विकालाई पहिलो प्राथामिकतामा राखी वजेट निर्माण गरी सोही अनुसार योजनाहरु सम्झौता गर्ने कार्य भइ रहेको प्रमुख प्रशाकिय अधिकृत उजिर रोकायाले बताएका थिए ।

सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्म गरिवको रेखामुनी रहेका स्थानियको जिविको पार्जनका लागी आयआर्जनमुलक कार्यक्रम संचालन भइ रहेको र वास्तविक किसान पहिचान गरी कृषिमा लगानी गरिएको र वालबालिका, वृद्धवृद्धा, अपाङग, असक्त, जेष्ठनागरिकहरुलाई घरदैलोमा पुगी स्वास्थ्य सेवा प्रवाह गरि रहेको सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एव प्रवक्ता नन्द रावतले बताएका थिए ।

सिमकोट गाउँपालिकाको समिक्षा त्रैमासिकरुपमा संचालन गर्ने लक्ष्य भए पनि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सँगै अन्य गोष्ठी सेमिनारले गर्दा २ वटा समिक्षा एकै पटक संचालन गर्नु परेको र आफुहरु सेवा प्रदायक भएकाले सेवाग्राहीले सेवा पाएकी पाएनन भन्ने बारे उनीहरुबाटै सुन्न पाएको भए अझै सुनमा सुगन्द हुने सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताईन् ।

सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका वडा अध्यक्ष संगै गाउँकार्यपालिका सदस्य र वडा सदस्यहरुले आफ्नो वडामा के कस्ता कार्यक्रम संचालन भए ति कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन भए भएनन्, सेवाग्राहीहरु सो योजनाबाट लाभान्वित भए भएनन्, योजना कस्ता खालका निर्माण गर्दा स्थानियवासी बढी लाभदायीक हुन्छन् भन्नतिर सबै सचेत हुनु पर्ने, आफ्नो वडामा बार्षिक वजेट कस्तो थियो, कस्तो वजेट ल्याउदा ठीक हुने रहेछ सो सम्बन्धी जानकारी रही भावि दिनमा सोही अनुसार अनुभव बटूली अगाडी वढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी सिता परियार बताइन ।

सिमकोट गाउँपालिकाका जनताले मतदान गरी चौकीदारकारुपमा आफुहरुलाई निर्वाचित गराएकाले अव जनप्रतिनिधिले जनताको मनोभावना अनुसारका योजना छनौट गरी वढी भन्दा वढी जनतालाई रोजगार वनाइ सिमकोट गाउँपालिकाको आर्थिक स्तर वृद्धि गर्नु पर्ने,काम गर्दै जाँदा काँही कतै त्रृटि भएका रहेछन् भने पनि जनताको सुझाव सल्लाहअनुसारनै सिमकोट गाउँपालिकाका जनप्रतिनिधि अगाडी वढ्नु पर्ने, साना योजना संचालन गर्दा भ्रष्टचार मौलाउने भएकाले ५ लाख भन्दा तलका योजनाहरु सिमकोट गाउँपालिकाले संचालन नगर्ने निर्णय गरेको सोही गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका थिए ।

त्रैमासिक प्रथम र दोश्रो समिक्षा गोष्ठीमा नितान्त पत्रकार र जनप्रतिनिधिको उपस्थितमा गर्नु भन्दा महिला समुह,बालक्लव, युवाकल्व लगाएतका प्रतिनिधि राखेर समिक्षा गर्दा झनै राम्रो हुने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतले आफ्नो सुझाव राखेका थिए।

विहिवार दिनको ११ वजेबाट संचालन भएको समिक्षा गोष्ठीमा सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका वडा अध्यक्ष वडा सदस्य गाउँकार्यपालिका सदस्य लगाएत पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार


Scroll to Top

Janata Media