रुपन्देही । आज माघ २ गते लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको माघी महोत्सव स्थगित भएको छ।
हिजो पोखरामा भएको विमान दुर्घटनामा ७२ जना यात्रुको ज्यान गएका कारण संघीय सरकारले शोक मनाउने निर्णय गरेसँगै यो कार्यक्रम स्थगित गरिएको हो ।
यसअघि लुम्बिनी सरकारले प्रदेशमा बिदा दिएर माघी महोत्सव गर्ने तयारी गरेकोमा संघीय सरकारले माघ २ गतेका लागि शोक मनाउने गरी सार्वजनिक बिदा दिएपछि स्थगित गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जनाएका छन् ।
माघी महोत्सवको सबै तयारी भएपनि विपत्ति आएकाले सरकारले गर्ने कार्यक्रम स्थगित गरिएको तर समुदायले आफ्नै समुदायका बीचमा कार्यक्रम गर्न सक्ने उनले बताएका छन् ।
लुम्बिनीमा २०७५ सालदेखि प्रदेश सरकारले माघी महोत्सव आयोजना गर्दै आएको छ ।