हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाले २३ जनाको नाम सिफारिस गरेको छ ।
भौतिक र भर्चुअल बैठक आयोजना गरेको नेकपाले शनिबार प्रदेश पार्टीलाई उक्त सिफारिस गरेको हो । एक निर्वाचन क्षेत्र भएको हुम्लाबाट नेकपाले प्रत्यक्षतर्फ ६ जना, समानुपातिक तर्फ १७ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ छिमीदार्जे लामा, छिरिङदम्डोल लामा, कर्णजित बुढाथोकी, डा. दिपेन्द्र रोकाया, प्रेमबहादुर शाही र धुव्र शाहीको नाम सिफारिस गरेको छ ।
समानुपातिक पिछडिएको क्षेत्रमा हस्तबहादुर शाही, महिलातर्फ सिता शाही, लक्ष्मी बुढा, प्रतिमा बुमी, मञ्जु बुढा, कुशुम कार्कीको नाम सिफारिस गरेको हो । त्यसैगरी समानुपातिक दलिततर्फ कालीबहादुर विक, तिलसरा विक, नैनसिंह नेपाली, कसमविर सुनारको नाम सिफारिस गरेको छ ।
समानुपातिक आदिवासी जनजातीतर्फ नाम्ग्याल लामा, प्रेमा लामा, उषा लामा, समानुपातिक अपांगतर्फ अजबिर बुढा, समानुपातिक खस आर्यतर्फ मानबहादुर थापा, देविलाल चौलागाई, कमल बोहराको नाम सिफारिस गरेको हो ।
सिफारिस गर्ने क्रममा युवालाई नसमेटिएको भन्दै पार्टीभित्र व्यापक असन्तुष्टि पैदा भएको छ ।







