टिकटक बन्द गर्न दूरसञ्चारले पठायो इन्टरनेट प्रदायकलाई पत्र

जनता संवाददाता
२०८० कार्तिक २७ गते, सोमबार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए। उनका अनुसार टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको छ।

‘हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं। सरकारको निर्णय आउनेबित्तिकै हामीले पत्राचार गरेका हौं। २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने।

टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित मिति : २०८० कार्तिक २७ गते, सोमबार


Scroll to Top

Janata Media