404 Not Found


nginx
हुम्लाका उम्मेद्धारले तेत्तीस लाखसम्म खर्च गर्न पाउने - Janata Media

हुम्लाका उम्मेद्धारले तेत्तीस लाखसम्म खर्च गर्न पाउने

जनता संवाददाता
२०८२ पुष १६ गते, बुधबार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हुम्लाका उममेद्धारले तेत्तीस लाखसम्म खर्च गर्न पाउने भएका छन् । सोमबार निर्वाचन आयोेगले निर्वाचन सम्बन्धि खर्च हदको सूचना जारी गर्दै हुम्ला सहितका २६ निर्वाचन क्षेत्रका लागि तेत्तीस लाखसम्म खर्च गर्न पाउने भनेको छ ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

उम्मेदवारले आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैतीस दिनभित्र सम्बन्धित प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा पेश गर्न तथा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक गर्न समेत आयोग निर्देश समेत गरेको छ ।

प्रकाशित मिति : २०८२ पुष १६ गते, बुधबार