काठमाडौँ । समानुपातिक उम्मेद्धार टासी ल्हाजोमले हुम्लाबासीसँग छलफल थालेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको सूचिमा परेकी टासीले हुम्लाका नाम्खाबासीसँग हिलो चरणको छलफलको सुरुवात गरेकी हुन् ।
काठमाडौँमा रहेको नाम्ख्युङ हुम्ला समाजको कार्यालयमा करिब २०० भन्दा बढी नाम्खाबासीको सहभागीतामा छलफलको सुरुवात गरेकी हुन् । छलफलमा उनले आफु राजनितिमा लागेको विषयमा स्पष्ट पार्दै सल्लाह सुझावसँगै सहयोगको पनि आह्वान गरेकी छन् ।
छलफलमा टासीले आफु लिमीबासी र समग्र हुम्लाबासीका आवाज बुलन्द पार्न सँधै लागिपर्ने स्पष्ट राखेकी छन् । सहभागीहरुले पनि साथ र सहयोग रहने विश्वास दिलाएका छन् ।
यो सँगै अबको क्रममा प्रत्येक पालिकाका नागरिकसँग विभिन्न चरणमा छलफल गरिने टासीले जानकारी दिएकी छन् ।







