पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

जनता संवाददाता
२०८० पुष २० गते, शुक्रबार

काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बिहीबार एक सूचना जारी गर्दै गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो ।

यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० पुष २० गते, शुक्रबार


Scroll to Top

Janata Media