अमालकोटमा जुवा खेल्ने संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

जनता संवाददाता
२०८२ जेष्ठ ४ गते, आईतवार

काठमाडौँ । प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।

कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरे।

उनका अनुसार अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको छ। उनले भने, “पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। आज शनिबार हो। भोलि प्रक्रिया अघि बढ्छ।”

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते, आईतवार


Scroll to Top

Janata Media