आज चाबाहिल देखि जोरपाटीसम्म चार घण्टा बिजुली काटिने

जनता संवाददाता
२०८० पुष २१ गते, शनिबार

काठमाडौँ । आज काठमाडौंको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने भएको छ।

उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ।

फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत सेवा सुरू हुने उनले बताए।

प्रकाशित मिति : २०८० पुष २१ गते, शनिबार


Scroll to Top

Janata Media