गौशाला-२६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

जनता संवाददाता
२०८० माघ ३ गते, बुधबार

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए। पक्राउ परेका युवाविरुछ सात दिनको म्याद समेत थप भएको एसएसपी अर्यालले नेपाल लाइभलाई जानकारी दिए।

गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गर्दै यसअघि साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : २०८० माघ ३ गते, बुधबार


Scroll to Top

Janata Media