काठमाडौँ । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा आफ्नो पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भएको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित दर्ता गरेसँगै नेपाल बाहिरिने पक्का भएको हो ।
दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार बंगलादेशसँग खेलेर सुपर सिक्स यात्रा सुरु गर्नेछ । ब्लोमफोन्टेनमै नेपालले शुक्रबार भारतसँग सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।







