पत्रकार महतारा जयबहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

जनता संवाददाता
२०८१ बैशाख ११ गते, मंगलवार

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको ८ औँ साधारणसभाको अवसरमा पत्रकार नवराज महतारा पुरस्कृत भएका छन् । पत्रकार महतारालाई जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो ।

नगद (१०,०००) रु. दश हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पत्रकार महताराले हुम्लाको पत्रकारिता क्षेत्रमा अमूल्य, उल्लेखनीय भूमिका खेल्दै जिल्लाका कुनाकान्दराका समस्यालाई उठान गर्दै आएको हुनाले रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट परस्कृत गरिएको हो ।

महतारा पछिल्लो समय राजिनितीमा होमिएका छन् । केही महिना अगाडी नेकपा एमाले कर्णाली प्रदेशका प्रदेश कमिटी सदस्यमा निर्वाचीत भएका हुन् ।

महतारा पूर्व नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेपालवोटका प्रधानसम्पादक तथा रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर, रेडियो श्रीनगरका संस्थापक अध्यक्ष समेत हुन् ।

यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय समाचार समिती (रासस)का हरिबहादुर रावत र रेडियो पत्रकारिता र केही समय कान्तिपूर पत्रिकामा काम गरेका छपाल लामा दुई जनालाई सम्मान सहित रु.दुई हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते, मंगलवार


Scroll to Top

Janata Media