काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलवार थापालाई थुनामा पठाउन आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।
लामो समय फरार रही हालसालै पक्राउ परेका थापा तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै थुनामै पठाउन आदेश भएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार अदालतले थुनामा पठाउन आदेश दिएको भएपनि कुन कारागारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा हुन भने उनी गृहमन्त्रीको सचिवालयमा बसेर काम गर्ने गर्दथे ।







