त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

जनता संवाददाता
२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाको विस्तृत विवरण आएको छैन ।

प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार


Scroll to Top

Janata Media