पुष्पमेलामा फूल किन्नेको भिड (फोटो फिचर)

जनता संवाददाता
२०८१ कार्तिक १० गते, शनिबार

काठमाडौं । ललितपुरमा सञ्चालन भइरहेको पुष्पमेलामा फूल किन्नेको भिड लागेको छ । ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा बिहीबारदेखि सुरु भएको तिहारलक्षित पुष्प मेलामा फूल प्रेमिहरुको भिड लागेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ नामक पुष्प मेला आयोजना गरेको हो । उक्त मेलामा एकै ठाउमा एक सय भन्दा धेरै प्रजातीका फूल पाइने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्ने फूल बिक्रीमा राखिएको छ। प्रदर्शनीमा विभिन्न जातका फूल, आकर्षक गमला, फूल खेतीका लागि आवश्यक पर्ने औजार राखिएका छन् ।

बिहीबारदेखि सुरु भएको मेला यही कात्तिक ११ गतेसम्म जारी रहनेछ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते, शनिबार


Scroll to Top

Janata Media