महिला एसिया कपको सेमिफाइनल समीकरण पूरा

जनता संवाददाता
२०८१ श्रावण १० गते, बिहीबार

काठमाडौँ । एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको शानदार जित निकाल्यो।

शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ। पराजित थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो। यो समूहबाट बंगलादेश उपविजेताका रूपमा अगाडि सेमिफाइनलमा पुगेको छ।

यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले पाकिस्तानको सामना गर्नेछन्।

सेमिफाइनलका दुवै खेल भोलि हुनेछन्। नेपाल महिला क्रिकेट टोली भने समूह चरणबाट घर फर्किएको छ।

प्रकाशित मिति : २०८१ श्रावण १० गते, बिहीबार


Scroll to Top

Janata Media