काठमाडौँ । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेस गरेको छ । पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा नेपालले बाजी मारेको हो ।







