सर्जन कुमार शाही, मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका – ६ बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा आज बिहान करिब ८ः३० बजेको समयमा दुर्घटनामा परेर एक जनाको निधन भएको छ ।
सोरुकोट देखि गमगढी बजार फर्किने क्रममा ग.१ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जना मध्य मृत्यु हुनेमामा उक्त गाडी साहु आफै चालक रहेका सोरु गाउँपालिका -३ भिँईका नर बहादुर बुमिको घटना स्थलमै निधन भएको इलाका प्रहरी चौकी सोरुले जनाएको छ ।
इलाका प्रहरी चौकी सोरुका अनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी व्याक गर्दा बाहिर निस्केको गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न जाँदा उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न नसकेको खोजी कार्य भैरहेको जनाएको छ ।







