गुल्मी दरबारमा आज शोक बिदा

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

काठमाडौं । गुल्मी दरबार गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गुल्मी दरबार गाउँपालिका ४ का वडा सदस्य अम्मरबहादुर सनानीको निधनमा आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेका अनुसार गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था र आकस्मिकबाहेकका स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको छ ।

सनानीको ५३ वर्षको उमेरमा भदौ २४ गते निधन भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार


Scroll to Top

Janata Media