चार लाख ५० हजार घुस लिने वडाध्यक्षसहित तीन जना पक्राउ

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

काठमाडौँ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साहसमेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग चार लाख ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा वडाध्यक्षको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ ।

उनीहरुसहित अर्का व्यक्ति विजय मण्डल पनि पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार


Scroll to Top

Janata Media