गोरखापत्रमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विशेष सामग्री

जनता संवाददाता
२०८१ आश्विन ३ गते, बिहीबार

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिहीबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाइएको छ । गोरखापत्र अनलाइनलेसमेत यो विशेष अवसरमा विभिन्न सामग्री प्रकाशन र प्रशारण गरेको छ। नेपाल सरकारले बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोह सम्पन्न गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका सैनिक मञ्चकोे कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि।स। २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुँदैछ। संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २०८१ आश्विन ३ गते, बिहीबार


Scroll to Top

Janata Media