काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोटमा भएको खानेपानीको समस्या समाधानको लागि हुम्ला जाने खानेपानी मन्त्री प्रदिप यादवले प्रतिबद्धता गरेका छन् । जनता मिडियासँग कुरा गर्दे उनले आफ्नै नेतृत्वमा मन्त्रालयको टिम हुम्ला गई खानेपानीको समस्या पहिचान गरि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हुम्लाका सिमकोट गाउँपालिका वडा नं ५ तल्लो गाउँका स्थानीयले खानेपानी नभएकै कारण हप्ता दिनसम्म खाना नबनाएर भोकै बसेको दुखेसो जनता मिडियामा गरेका थिए । त्यसपश्चात स्थानीयका मुद्धा लिएर मन्त्री यादवसँग जवाफ माग्दा उनले छिट्टै हुम्ला गएर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘मेरै नेतृत्वमा मन्त्रालयको टिम छिट्टै हुम्ला जान्छौँ । समस्या पहिचान गरेर समाधान गरेरै छाड्छौँ ।’ जनता मिडियासँग उनले भनेका छन् ।
यो पनि पढ्नुहोस्ः
सिमकोटमा खानेपानी नहुँदा स्थानीय भोकै, कसैको छैन चासो







