गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते

जनता संवाददाता
२०८१ कार्तिक २६ गते, सोमबार

सर्लाही । अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन्।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो।

इलाका प्रहरी कार्यालय कर्मैयाक प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीका अनुसार गोली बोम्जनको गालामा लागेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको थियो। घाइते प्रधानाध्यापक बोम्जनको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ।

प्रधानाध्यापक बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए।

उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते, सोमबार


Scroll to Top

Janata Media