काठमाडौं । गुल्मीको मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ की ६० वर्षीया चन्द्रकला कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय पल्टारस्थित कर्ण बहादुर कुमालले आफ्नै बारीमा बाँदरलाई भगाउनको लागि लगाएको (तार) परेर श्रीमती चन्द्रकलालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए।
करेन्ट लागेर घाइते कुमालको उपचारको लागि लुम्बिनी वामी हस्पिटलमा पुर्याइए पनि डाक्टरले मृत्यु घोषणा प्रहरी नायव उपरीक्षक थापाले बताए ।







