
चितवन । चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फि अवरूद्व भएको छ । आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।
पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ । अबको करिब २/३ घण्टाभित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजन चितवनले जनाएको छ ।
वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध सडक डिभिजनले गरेको छ । भने वैकल्पिक सडक समेत प्रयोग गर्न अपिल गरेको छ । सडक बन्द हुँदा मुग्लिन र नारायणगढ तर्फ धेरै सवारी लामवद्व छन् ।