तीनकुने घटनाबारे जानकारी लिन कानुन समितिले बोलायो गृहमन्त्री

जनता संवाददाता
२०८१ चैत्र २१ गते, बिहीबार

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको हो ।

साथै समितिले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले प्रदर्शनका क्रममा नेपाली नागरिक दुई जनाको मृत्यु भएको भन्दै घटनाको बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय भएको सभापति विमला सुवेदीले बताए ।समितिको आगामी बैठकमा उक्त घटनाबारे थप छलफल गर्ने पनि बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते, बिहीबार


Scroll to Top

Janata Media