१५ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण

जनता संवाददाता
२०८२ बैशाख २८ गते, आईतवार

काठमाडौं । पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका छन् । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट ट्रेक काठमाडौंले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएको हो ।

ुट्रेकु का जेनेरल मेनेजर थानेश्वर गुरागाँईका अनुसार मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका हुन् ।

सफल आरोहण गर्नेहरूमा कुसुवोका फ्लुतुरम ईब्राहीमी, बेलायतमन एड्रियन माईकल हेस, ईरानका अलिरेजा बेहपुर र सेईदमिदरजा हासेमी, युनाईटेड अरब ईमिरेट्सका सईद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर सोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेको जेनेरल मेनेजर गुरागाइँले बताए ।

उक्त टोलीले मे ९ अर्थात् वैशाख २६ गते साँझ छ बजेर १५ मिनेटमा चौँथो शिविरबाट आफ्नो शिखर यात्रा सुरु गरेको थियो । त्यसअघि, कञ्चनजङ्घामा आठ शेर्पाहरू मिलेर बनेको एलिट एक्सपेडको फिक्सिङ टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइनहरू सुरक्षित गरेको थियो।

यस वर्ष कञ्चनजङ्घामा प्रभावशाली सहभागिता देखिएको बताउँदै जेनेरल मेनेजर गुरागाइँले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहीहरू गरी ७० जना हिमाल आरोहण गर्ने अनुमति लिएकोमा १० जनाले सफल आरोहण गरेको र अन्य आरोही तयारीमा रहेको बताए ।

ट्रेकले यस वसन्त ऋतुमा आफ्नो टोलीले कञ्चनजङ्घा हिमाल ९८,५८६ मिटर० मा सफल आरोहणको घोषणा गर्न पाउँदा उत्साहित भएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते, आईतवार


Scroll to Top

Janata Media