एमालेमा चल्यो ‘म झोले हो’ अभियान

जनता संवाददाता
२०८२ जेष्ठ १९ गते, सोमबार

काठमाडौँ । सत्तारुढ नेकपा एमालेमा ‘म झोले हो’ अभियान चलेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूले म झोले हो भन्दै फेसबुकमा पोस्ट गरेका छन् ।

‘हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ,’ ओलीले फेसबुकमा लेखेका छन् ।

अनेरास्वियुका अध्यक्ष समिक बडाल, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेसहितका नेता कार्यकर्ताले आफ्नो तस्बिरसहित सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते, सोमबार


Scroll to Top

Janata Media