एसिसी यु–१६ कप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिङ्गापुर

जनता संवाददाता
२०८२ असार १९ गते, बिहीबार

काठमाडौँ । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गरेका छन् ।

बिहीबार भएको अर्को सेमिफाइनल खेलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
यसअघि बिहीबारनै भएको सेमि फाइनल खेलमा नेपालले नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको थियो ।

जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४–४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । फाइनल खेल असार २१ हुने छ ।

प्रकाशित मिति : २०८२ असार १९ गते, बिहीबार


Scroll to Top

Janata Media