फोर्स गाडी दुर्घटना दुईजनाको मृत्यु, २४ घाइते

जनता संवाददाता
२०८२ आश्विन १३ गते, सोमबार

काठमाडौं । फोर्स गाडी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ र २४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको पुर्कोट जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा सोमवार विहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मदाने गाउँपालिका–६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा र गुल्मी मदाने गाउँपालिका–७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माले जानकारी दिए । गाडी अनियन्त्रित भर्ई सडकदेखि करिव ३० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

गम्भीर घाइते गुल्मी मदाने गाउँपालिका वडा नं. ६ वस्ने वर्ष ३२ को तारा सेन के।सी ढाड र टाउकोमा चोट लागि अवस्था गम्भीर रहेकाले बुटवलतर्फ रिफर गरिएको छ । २० जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसिले जानकारी दिए ।

सवारी चालक पनि घाइते रहेको बताइएको छ । गाडीमा चालक सहित २६ जना रहेकोमा ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गाडीमा ८ जना बच्चा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ आश्विन १३ गते, सोमबार


Scroll to Top

Janata Media