युक्रेनको ओडिसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

जनता संवाददाता
२०८२ आश्विन १६ गते, बिहीबार

युक्रेन । युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताएका छन् ।

लगातार सात घण्टामा भएको बर्षको कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्त्रण गरेको अधिकारीहरूले बताएका छन्।

जेलेन्स्कीले वर्षाका कारण परिस्थिति असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताएका छन् ।

बाढीमा फसेका ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ।

मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताएका छन् ।

युक्रनेमा भोलिसम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ। रासस/एएफपी

प्रकाशित मिति : २०८२ आश्विन १६ गते, बिहीबार


Scroll to Top

Janata Media