पुनः मुद्दा दर्ता भएपछि आक्रोशित हुँदै रविले लेखे ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ’

जनता संवाददाता
२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुविरुद्ध पुनः सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अगल कुरा भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल मार्फत लामिछानेले आफुविरुद्ध निरन्तर मुद्दा दर्ता गरेर इरिटेटे बनाएको टिप्पणी गरेका छन् ।

उनी लेख्छन्
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१।सर्वोच्च अदालतको मिती २०७९(१०(१३को फैसलाको प्रकरण नं।२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य उल्लेख गरेको छ।
२। अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३। अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५(०३(०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४। घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ

उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनस् हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते, बिहीबार


Scroll to Top

Janata Media