राष्ट्रिय युवा संघ नेपालको सामाजिक सेवा विभाग प्रमुखमा बिनोद राई

जनता संवाददाता
२०८० पुष ७ गते, शनिबार

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सामाजिक सेवा विभागको प्रमुखमा बिनोद राईलाई जिम्मेवारी दिईएको छ । राष्ट्रिय युवा संघ नेपालले एक सर्कूलर जारी गर्दै राईलाई प्रमुखको जिम्मेवारी दिईएको हो ।

उनी राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य समेत हुन् । उनी विगत केहि महिनादेखि विभिन्न विषयमा राष्ट्रिय चासोका पात्र बनिरहेका छन् ।

सामाजिक सेवा विभाग युवा संघको एकदमै शक्तिशाली अन्तर्गतको एक महत्वपूर्ण विभाग हो । पछिल्लो समय राई पार्टीभित्र मात्र नभएर बाहिर पनि चासोका पात्र बनिरहेका छन् । पार्टीभित्र भने एकदमै सक्रिय छन् ।

प्रकाशित मिति : २०८० पुष ७ गते, शनिबार


Scroll to Top

Janata Media