वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित नियन्त्रणमा

जनता संवाददाता
२०८२ आश्विन २७ गते, सोमबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानीका क्रममा घुसररिसवतस्वरूप रकम लिई कार्यकक्षमा लुकाएर राखेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारको टोलीले दाहालको कार्यकक्षबाट रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुस रकम, एक थान मोबाइल डिभाइस र अन्य सम्बन्धित कागजातहरू बरामद गरेको जनाएको छ।

दाहालविरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २०८२ आश्विन २७ गते, सोमबार


Scroll to Top

Janata Media