हुम्ला । एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी हुम्लाको पाचौ पुर्ण बैठक सम्पन्न भएको छ ।
उक्त बैठकले अनेरास्ववियुमा आवद्ध भयका र आगामी दिनमा पनि संगठनमा निरन्तर लागिरहने सदस्यहरुलाई आगामी हुने अनेरास्ववियुकाे राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि पठाउने,आगामी दिनमा थप संगठन लाई सशक्त बनाउन महाधिवेशन लगत्तै जिल्लामा संगठन बिस्तार अभियान संचालन गर्ने र थप केही साथी हरुलाई अनेरास्ववियु जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ।
बैठक नेकपा एमाले हुम्ला जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रदिप लामाको प्रमुख आथित्यता र अनेरास्ववियु जिल्ला कमिटी हुम्लाका अध्यक्ष जयराज सञ्ज्यालकाे अध्यक्षतामा जिल्ला कार्यलय सिमिकोटमा बसेकाे हाे ।