कालीकोटमा अटो दुर्घटनामा परि श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

जनता संवाददाता
२०७९ माघ २१ गते, शनिबार

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ५ खल्लागाडमा शुक्रबार अटो दुर्घटना भएको छ । दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।

जुम्लाको हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे मेला आउँदै गरेको भे १ ह ५९२२ नम्वरकोे अटो खल्लागाड मोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार खल्लागाड मोडमा अनियन्त्रित भएर अटो दुर्घटना भएको हो । दुर्घटनामा जुम्ला हिमा गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा उनकि श्रीमती २९ वर्षीया तारा शाही र पाँच वर्षीय छोरा गौरव शाही घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

शवलाई पोस्टमार्टमका लागि जुम्ला पठाइएको डीएसपी रिमालले बताए। अटो चालक जुम्ला हिमा गाउँपालिका वडा नम्बर ४ का ऐमान बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कालीकोटको तिलागुफामा लाग्ने १२ वर्षे मेला हेर्न शाही परिवार जुम्लाबाट आउँदै गर्दा अटो दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७९ माघ २१ गते, शनिबार


Scroll to Top

Janata Media