यूएईलाई पराजित गर्दै नेपाल यू- १९ विश्वकपमा

जनता संवाददाता
२०७९ फाल्गुन १८ गते, बिहीबार

काठमाडौं । आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते, बिहीबार


Scroll to Top

Janata Media