अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हन्छ: उपेन्द्र यादव

जनता संवाददाता
२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।
शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले उक्त कुरा बताएका हुन् ।

‘प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ’ । यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने अध्यक्ष यादवले बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते, आईतवार


Scroll to Top

Janata Media