हुम्ला। बिगत छ सात महिनादेखि बिवादित बिषय प्रमुख प्रशासकीय अधिकृत अदानचुली गाउँपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ अधिकृत सातौ तह रवि रानाभाट लाइ खटाएको छ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम मन्त्रालयको अतिरिक्त दरबन्दी कायम रहने गरि रानालाई अदानचुली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएको हो ।
यहाँ भन्दा अगाडि गाउँपालिकामा मेघनाथ शाहि ले लगभग ४ महिना अधिकृतको जिम्मेवारी सुर्खेतबाट समालेको आरोप छ उहाँ लगाएत लेखापाल दत्त बहादुर थापाको नाममा अक्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरि छानबिन भइरहेको छ। उक्त मुद्दाको लागि गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले निवेदन दिइएको स्वइकार्नु भएको छ।
अहिले खटाइएका अधिकृत रानाभाट अदानचुलीमा उपस्थित भएर हाजिर हुन मान्छन या मान्दैनन् यो हेर्न बाँकि छ । किन भने यहाँभन्दा ठिक १ महिना अगाडि सोहि मन्त्रालय द्वारा पाँचौ तहँ सुब्बा नन्द राज गिरि लाई कामकाज गर्न खटाइएको मा एक पक्षले आपत्ति जनाउदै हाजिर हुन नदिने होहल्लामा गिरि अदानचुली उपस्थित हुन पनि सक्नुभएन तर तत्कालीन अधिकृत मेघनाथ शाहि ले गिरिलाई आफु गाउँपालिका को कामले बाहिर हुदा कामकाज गर्न भनि विज्ञप्ति निकाल्नु भएको थियो ।
अदानचुलीमा अध्यक्ष र उपाध्यक्ष ले आफु निकट कार्यालय प्रमुख राख्न खोजेको जनताको आरोप छ । अहिले खटाइएका प्रमुख कसको पहलमा र को निकट हुन् त्यो समयले देखाउने छ ।







