साईराम उपरकोटी, काठमाडौँ । संघीय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षासँग सम्बद्ध विभिन्न संघसंघठनहरूले सरकारसँग माग गरेका छन् । आइतबार शिक्षा पत्रकार समूहले लुम्बिनीमा आयोजना गरेको कार्यक्रमपछि ११ वटा संघसंगठनले संयुक्त अपिल जारी गर्दै यस्तो माग गरिएको हो ।
उनीहरूले संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीतिभन्दा टाढा बस्नुपर्ने बताउँदै शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने बताए ।
साथै विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरूबारे सघन छलफल गराउन र छलफलबाट प्राप्त सुझावलाई समेटी संघीयताको मर्मअनुरुप संघीय शिक्षा ऐनको मस्यौदालाई संसदबाट पारितका लागि टेबल गर्न माग गरिएको छ ।







