प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए : केपी आली

जनता संवाददाता
२०७९ चैत्र १४ गते, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देशको प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल घटाएको आरोप लगाएका छन् । एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको आरोप लगाएका हुन् ।

‘नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो भो, सीमा मिचियो’ ओलीले भने, ‘मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए । अलिकति उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’

सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखेजस्तो गरेको ओलीले बताए । ‘ए हो र मैले त देखिन ‘१ कस्तो दलाली, कस्तो चाकडी रु’ उनले भने ।

ओलीले अब आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको बताए । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उनले भने, ‘तर देश त जोगिनुपर्‍यो नि देशको रक्षा हुनुपर्‍यो नि ।’

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, मंगलवार


Scroll to Top

Janata Media