‘कोर टिम’ को खुलासा गर्ने ढाकाकुमारको चेतावनी

जनता संवाददाता
२०७९ चैत्र २९ गते, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । पार्टीको अनुशासन समितिलाई दिएको वयानमा उनले आफूलाई अप्ठ्यारोमा एक्ल्याउने काम भएमा कोर टिमको खुलासा गर्ने चेतावनी दिएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सांसद श्रेष्ठले दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । उनलाई पार्टीले निलम्बन गरेर छानविन गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछानेले भने दोषी पाइएमा आजनै उनलाई कारबाही गर्ने तयारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते, बुधबार


Scroll to Top

Janata Media