एक घण्टाको अन्तरालमै सरकारी गाडीको भेष फेरियो

चक्र दानी
२०८० असार २४ गते, आईतवार

बाजुरा । करिब एक घण्टा अघि पुरै लेदोले छिप्पिएर नम्बर प्लेटसमेत एकिन गर्न नसकिने अवस्थामा रहेको सरकारी गाडीको भेष फेरिएको छ।

बाजुराको बुढीनन्दा नगरपालिका कोल्टीमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत हिल्सा-सिमकोट सडक विभागको कार्यालयको गाडी करिब एक घण्टाअघि नम्बर प्लेटसमेत एकिन गर्न नसकिने, पुरै बेवारिसे जस्तै देखिने उक्त गाडीको रूप पुरै फेरिएको हो ।


एक घण्टा पहिले

उक्त बेवारिसे जस्तै देखिने गाडीको फोटो जनता मिडियाका सञ्चालक/पत्रकार चक्र दानीले खिचेपछि गाडीका चालक र स्थानीयहरूले डिलिट गर्न धम्की दिएका थिए। पत्रकार दानीले सरकारी सम्पतिको लापरवाही गर्न नहुने र आफ्नो सम्पत्ति जस्तै सुरक्षा/संरक्षण गर्ने सुझाव दिएपनि विभिन्न बाहना बनाएर धम्कीसमेत दिई हातपात गर्न खोजेका थिए।


एक घण्टा पछि

दानीले बारम्बार आबेगमा आएर नबोल्न र संयमित भएर आग्रह बोल्न आग्रह गरेपनि उनीहरू स्वाभाविक अवस्थामा आएका थिएनन् । बरु डिलिट नगर्ने स्पष्ट पारेका थिए। यसै क्रममा रेडियो बुढीनन्दा एफएमका प्रबन्ध निर्देशक अनिल शाही उक्त स्थलमा पुगेपछि अवस्था सामान्य बनेको थियो । शाहीले उनीहरूसँग कठोर भएर प्रतिक्रिया दिएका थिए।

करिब एक घण्टापछि उक्त ठाउँमा पुग्दा गाडी सफा देखिएको थियो ।

प्रकाशित मिति : २०८० असार २४ गते, आईतवार


Scroll to Top

Janata Media