कार्यालय सहयोगीको दाबी: अध्यक्ष सिंह गाउँपालिका आएको १२ दिन भन्दा बढी होईन्

जनता संवाददाता
२०८० फाल्गुन २८ गते, सोमबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह निर्वाचित भएको २ वर्ष भईसक्दा समेत १२ दिन मात्र गाउँपालिका आएको पाईएको छ । जनता मिडियाले गाउँपालिकाको विशेष रिपोटिङ्ग गर्ने क्रममा सोही गाउँपालिकामा कार्यरत कर्मचारीका अनुसार अहिलेसम्म पनि १२ दिनमात्र आएको पाईएको हो ।

उक्त रिपोटिङ्ग गर्ने क्रममा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी रुपचन्द्र फडेराले अध्यक्ष निर्वाचित भएको झण्डै दुई वर्ष बितिसक्दा पनि अहिलेसम्म १२ दिन मात्रै गाउँपालिकामा आएको बताए । ‘म उनीहरु निर्वाचित हुनुभन्दा पनि पहिले देखि नै कार्यालय सहयोगीका रुपमा यहाँ कार्यरत छु । शनिवार बाहेक अरु दिन गाउँपालिकामै हुन्छु । त्यसकारण पनि मलाई को गाउँपालिकामा कति पटक आयो सबै थाहा हुन्छ । गाउँपालिका अध्यक्ष निर्वाचित भएको २ वर्ष हुन आँट्यो । उहाँ त्यो बेलादेखि ५ देखि १० दिन मात्र गाउँपालिका आउनु भएको छ । बढी भए १२ दिन मात्र गाउँपालिका आउनु भएको छ ।’ जनता मिडियासँग उनले भने ।

जनता मिडियामा २ वर्षमा १२ दिन मात्रै गाउँपालिका गए भन्ने शिर्षकमा रिर्पोट सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले आफू निकटका सञ्चार माध्यममा जनप्रतिनिधिले हाजिर गर्ने प्रावधान नभएको र १२ दिन हाजिर भएको प्रमाणित गर्न चुनौती दिएका थिए । जबकी जनता मिडियामा गाउँपालिका अध्यक्ष १२ दिन मात्रै हाजिर भए भनेर कँही कतै पनि उल्लेख भएको थिएन ।

यो पनि हेर्नुहोस्:

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते, सोमबार


Scroll to Top

Janata Media